आदरणीय बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरू,
नमस्कार!
नेपालीहरूको महान् सांस्कृतिक पर्व शुभ दीपावली (तिहार) को पावन अवसरमा यहाँहरू सम्पूर्णमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
यसै अवसरमा नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेज (NCCS) द्वारा आयोजना गर्न लागिएको तिहार विशेष देउसी–भैलोकार्यक्रममा यहाँहरू सम्पूर्णलाई सपरिवार हार्दिक निमन्त्रणा गर्दछौँ।
नेपाली कला, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्दै तिहारको खुसी, उमङ्ग र आत्मीयता एकआपसमा साटासाट गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस कार्यक्रममा नेपाली सांस्कृतिक प्रस्तुति, गीत–संगीत, नृत्य, परम्परागत देउसी–भैलो तथा स्वादिष्ट नेपाली परिकारहरू रहनेछन्।
कार्यक्रम विवरण
मिति: सोमबार, नोभेम्बर ९, २०२६
समय: साँझ : ५०० देखि ९:०० बजेसम्म
स्थान: ५ म्यासे स्क्वायर(5 Massey Square)
तिहारको यस विशेष अवसरमा परिवार तथा साथीभाइसँगै उपस्थित भई नेपाली संस्कृति र परम्पराको उत्सवमा सहभागी हुन हार्दिक अनुरोध गर्दछौँ।
यहाँहरूको उपस्थितिले कार्यक्रमको शोभा बढाउनुका साथै यस उत्सवलाई अझ उल्लासमय र स्मरणीय बनाउनेछ भन्ने विश्वास लिएका छौँ।