नथन फिलिप्स स्क्वायरमा हुने हिमालयन मेलामा उपस्थित हुँदा पानी/फोहरा (water fountain) र फोहोर व्यवस्थापन (garbage) विषयमा विशेष सतर्क रहनुपर्छ।
पहिलो, पानी/फोहरा (water fountain) मा कुनैपनि वस्तु फाल्न, हात धुन, वा पौडी खेल्न निषेध गरिएको छ । फोहरा सार्वजनिक सौन्दर्यका लागि भएकाले यसलाइ अन्य हिसाबले प्रयोग गर्न पाइन्न। यो एकदमै ध्यान दिनु पर्ने कुरा हो।
अर्को, फोहोर खुल्ला ठाउँमा नफाल्नुहोस्। रिसाइकल बिन (Recycle Bin) मा मात्र फोहोरहरू हाल्नुहोस्। कार्यक्रम स्थल सफा राख्न सहयोग गर्नुहोस्, ताकि अन्य सहभागीहरूलाई असहज नहोस र त्यहाँको सौन्दर्य पनि जोगियोस्।
यो हामी नेपालीहरू कस्ता छौ भनेर हामीलाइ चिनाउने ठाउँ पनि हो । त्यसैले हामी असल छौँ भन्न हामी हरेक बखत के गर्न हुन्छ र के गर्न हुन्न भन्ने कुरामा सजग बनौँ ।
नथन फिलिप्स स्क्वायरमा हुने कुनै पनि इभेन्टमा, उदाहरणका लागि Himalayan Mela मा, यदि तपाईँले आयोजक वा सिटीको नियम उल्लंघन गर्नुभयो भने (जस्तै पानीको फोहरामा वस्तु हाल्नु, फोहोर खुल्ला ठाउँमा फ्याँक्नु), स्क्वायरको वरिपरि राखिएका CCTV क्यामेराले तपाईँको गतिविधि रेकर्ड गर्न सक्छ।
Subscribe to Newsletter