by Sudarshan Sapkota, September 23, 2023

नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेस (एनसीसीएस) को वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले दुई वर्षका लागि सर्वसम्मत रूपमा नयाँ कार्यकारी समितिको चयन गरेको छ । क्यानडामा रहेका नेपाली समुदायको सेवा तथा सामाजिक र सांस्कृतिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्य गठन भएको सो सो संस्थाको शनिबार स्कारब्रोमा भएको १७औँ वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो ।

एनसीसीएसको नयाँ सभापतिमा डा. थमनाथ अधिकारी चयन हुनुभएको छ ।

संस्थाको अध्यक्षमा सक्रिय सामाजिक कार्यकर्ता विना बर्मा निर्वाचित हुनुभएको छ !नवनिर्वाचित उपाध्यक्षमा शेष दाहाल, महासचिवमा सुदर्शन सापकोटा, सचिवमा टीकाराम पौडेल र कोषाध्यक्षमा ज्योति शर्मा हुनुहुन्छ ।  सदस्यहरूमा देवेन्द्र अधिकारी, लक्ष्मी दाहाल, निमिष खनाल ज्ञानु साह, प्रकाश ढुङ्गाना, विमल बस्नेत, वसन्त पाठक, कौशल निरौला र सीता सङ्ग्रौला चुनिनुभएको छ । 

नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेस क्यानडामा रहेका नेपाली समुदायले सन् २००० मा स्थापना गरेको गैरनाफामूलक संस्था हो ।  संस्थाले नेपाली संस्कृति र सम्पदा संरक्षणको काम गर्दै आएको छ । यसैगरी समस्यामा परेका नेपालीको सेवा र सहयोगमा पनि सो संस्था  परिचालित हुने गरेको छ । 

नेपाली र अन्य समुदायबीच सञ्जाल र सहकार्य बढाउन संस्थाले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.